News Griha :: न्यूजगृह
भौतिक पूर्वाधारमन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो?

काठमाडौं— राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए । 

उनले धनुषा जिल्लामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए । सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:५८
Weather Update