News Griha :: न्यूजगृह
बनेपामा शीत भण्डार निर्माण अलपत्र
बनेपामा शीत भण्डार निर्माण अलपत्र बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार पाँच वर्षदेखि अलपत्र परेको छ। बनेपा नगरपालिका–७ स्थित साझेदार संस्था कृषि बजार मल्टिपर्पोजले निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माण प्रक्रिया रोकिएको हो। 
‘मधेसमा जताततै सपेताः पानी बेपत्ता’
‘मधेसमा जताततै सपेताः पानी बेपत्ता’ मधेसका धेरैजसो ठाउँमा घुर्‍यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन्। करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ। 
वृद्ध भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश
वृद्ध भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश सर्वोच्च अदालतले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) का लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सरकारको उक्त निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो। साथै दुवै पक्षलाई अन्तरिम आदेशको लागि छलफलमा बोलाइएको छ। 
चिकित्सा शिक्षा आयोगलाई गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन  
चिकित्सा शिक्षा आयोगलाई गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले नियमनको प्रणाली सुदृढ बनाउनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगलाई  प्रभावकारी भूमिका खेल्न निर्देशन दिए। 
कुलेखानीमा घट्यो विद्युत् उत्पादन 
कुलेखानीमा घट्यो विद्युत् उत्पादन  मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ। 
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला ‘घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ,’ पोखरा महानगरपालिका–११ को काहुँडाडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो। 
अर्थमन्त्रीसँग बास्कोटाको कटाक्ष– ढोका नै ‘लक’ गर्नुभयो, हामी दुष्मन होइनौँ नी
अर्थमन्त्रीसँग बास्कोटाको कटाक्ष– ढोका नै ‘लक’ गर्नुभयो, हामी दुष्मन होइनौँ नी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रको इच्छाअनुसार आएको टिप्पणी गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सो कुरा बताएका हुन्।  आफूहरु सत्ता पक्षमै, एउटै गठबन्धन र समीकरणमा भए पनि आफूहरुले बजेट निर्माणका बेला अर्थमन्त्रीसँग भेट्न बोल्न नपाएको गुनासो...
कोटिहोमका लागि पशुपति क्षेत्रमा तयारी तीव्र 
कोटिहोमका लागि पशुपति क्षेत्रमा तयारी तीव्र  पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुन लागेको कोटिहोम महायज्ञको ७५ प्रतिशत तयारी पूरा भएको छ।
तेस्रोपटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र वाराणसी पुगे मोदी 
तेस्रोपटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र वाराणसी पुगे मोदी  तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी मंगलबार आफ्नो निर्वाचन क्षेत्र बनारसमा पुगेका छन्। दुर्ई दिने भ्रमण तय गरेर प्रधानमन्त्री बनेपछि पहिलोपटक आफ्नो संसदीय निर्वाचन क्षेत्र बनारस पुगेका हुन्।  
सहकारी ठगी प्रकरणः २ सहकारीले फिर्ता गरे रकम, अन्यमाथि अनुसन्धान हुँदै
सहकारी ठगी प्रकरणः २ सहकारीले फिर्ता गरे रकम, अन्यमाथि अनुसन्धान हुँदै समस्याग्रस्त सहकारीको सूचीमा परेका १९ मध्ये २ वटा सहकारीले पैसा बचतकर्ताको रकम फिर्ता गरेको पाइएको छ। सहकारी ठगीको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले किटान गरेकामध्ये ती सहकारीले बचतकर्ताको रकम फिर्ता गरेको बिफ्रिङ भएको हो। आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय छानबिन समितिको बैठकमा मन्त्रालयको तर्फबाट सो...
समाजलाई मोती जस्तै चम्काउँदै मोती पुस्तकालय
समाजलाई मोती जस्तै चम्काउँदै मोती पुस्तकालय झन्डै ६५ वर्षअघि स्थापना भएको मोती पुस्तकालय पर्वत जिल्लाको मात्र नभएर देशकै सामाजिक जागरणको दियो बन्दै आएको छ। जिल्लाको फलेवास नगरपालिका–५, खानीगाउँमा २०१६ सालमा स्थापित यस पुस्तकालय स्थापनापश्चात् सामाजिक जागरण र सचेतनाको महत्वपूर्ण केन्द्रका रुपमा पहिचान मात्र बनाएको छैन, देशका अन्य पुस्तकालयका लागि पनि अनुकरणीय बनेको छ।
शिक्षामन्त्रीको दाबी– हालसम्म ८ सय २५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे  
शिक्षामन्त्रीको दाबी– हालसम्म ८ सय २५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे   शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेतृत्वमा आएदेखि हालसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलको आवद्धता त्यागेको दाबी गरेकी छिन्। मंगलबार कार्यकाल सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्।  त्यसैगरी उनले आफ्नो सय दिनको उपलब्धीमा राजनीतिक आवद्धता त्याग नगर्ने ४५ शिक्षकविरुद्ध उजुरी परेको ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको...
Weather Update