News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे पूर्वी बर्लिनको अवलोकन, नेपाल फर्किने तयारी   

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। उक्त अवलोकनपछि उनको स्वदेश फर्किने तालिका रहेको छ।  

उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए। 

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ। 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन्। 

सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ। 

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने उनका सचिवालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १९:४८
Weather Update