News Griha :: न्यूजगृह
शिक्षामन्त्रीको दाबी– हालसम्म ८ सय २५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे  
फाइल तस्बिर

काठमाडौं— शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेतृत्वमा आएदेखि हालसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलको आवद्धता त्यागेको दाबी गरेकी छिन्। 

मंगलबार कार्यकाल सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्।  

त्यसैगरी उनले आफ्नो सय दिनको उपलब्धीमा राजनीतिक आवद्धता त्याग नगर्ने ४५ शिक्षकविरुद्ध उजुरी परेको ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको समेत उल्लेख गरेकी छिन्।

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले कोही पनि व्यक्ति असक्षम नहुने भन्दै राज्यले उसको दक्षता चिन्ने प्रयास गर्नुपर्नेमा जोड दिइन्। 

मन्त्री श्रेष्ठ मन्त्रालयको नेतृत्वमा आइसकेपछि शिक्षकहरुलाई राजनीतिक आवद्धता त्याग गर्न निर्देशन दिँदै आइरहेकी छिन्। त्यसको विरुद्धमा शिक्षक महासंघ लगायत राजनीतिक दलका सांसदहरुले विरोध समेत जनाइरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:३२
Weather Update