News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा 'हेर्न नमिल्ने'मा 

काठमाडौं— गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिए पनि 'हेर्न नमिल्ने'मा परेको छ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेसी तोकिएको थियो । 

रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोजकुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको हो। यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ। 

रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:५३
Weather Update