News Griha :: न्यूजगृह
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता 

काठमाडौं— आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्।

आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरुङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको हो। 

उनको साथबाट सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन्।   

आफूलाई चिनियाँ नागरिक बताउने गुरुङले अवैध रूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरुङ पक्राउ परेको सीआईबीले जनाएको छ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सुनसहित गुरुङलाई बौद्धको तिनचुली बाट  नियन्त्रणमा लिएको हो। उनको साथबाट बरामद सुनको आधिकारिक रुपमा तौल र परीक्षण गर्न बाँकी नै छ। त्यस्तै, उनको साथबाट ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ।

गुरुङ अवैध सुन भन्सार चोरी पैठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरुङ बारे सीआईबीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २०:४३
Weather Update