सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ। सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने रु १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १०:४३