वेस्टइन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित

काठमाडौं— टी२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ।
२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्टइन्डिजले फराकिलो जित हात पारेको हो।
जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जित हो।
समूह सीबाट अफगानिस्तान र वेस्टइन्डिज दुवै सुपर–८ मा पुगिसकेका छन्।
सुपर–८ को समूह २ मा रहेको वेस्टइन्डिजले इंग्ल्यान्ड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्ने छन्।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ ०९:५१