News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः छानबिन समितिले थाल्यो काम 

काठमाडौं— सहकारीको रकम अपचलन भएको विषयमा छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बैठक बसेको छ।

अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बैठक बसिरहेको छ। 

यसअघि आइतबार बसेको बैठकले कार्यादेश (टीओआर) अनुसारको कार्यविधि बनाएँसगै छानबिन समितिले थप काम थालेको हो। 

पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलन थालेको हो। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर छानबिन समितिको माग गरेपछि सरकारले समिति बनाएर अनुसन्धान अघि बढाएको हो। 

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाएको हो।  

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:४१
Weather Update