News Griha :: न्यूजगृह
टीआरसी विधेयक आज प्रतिनिधिसभामा पेस हुने
टीआरसी विधेयक आज प्रतिनिधिसभामा पेस हुने प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
रास्वपा संसदीय दलको बैठक आज
रास्वपा संसदीय दलको बैठक आज सो बैठकअघि बिहान साढे १० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो। प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बंगलादेशका हिन्दुको माग: ‘अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’
बंगलादेशका हिन्दुको माग: ‘अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’ उनीहरूले अल्पसङ्ख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशको संसद्मा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन्।
कांग्रेस बैठक भदौ ७ सम्म स्थगित
कांग्रेस बैठक भदौ ७ सम्म स्थगित साउन २३ गतेदेखि विभिन्न ११ वटा प्रस्तावमा छलफल भइरहेको बैठक स्थगित गरिएको हो।
दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ
दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ चक्कु देखाएर लुटपाट गर्ने व्यक्तिहरू पोखरा १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही वडामा बस्ने १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँ ब्यास नगरपालिका ३ घर भइ हाल पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्ट रहेका छन्।
साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन
साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए। दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका बिहानैदेखि खुला गरेको थियो।
उपनिर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल
उपनिर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।
एनसेल सेवामा समस्या, कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध
एनसेल सेवामा समस्या, कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशीघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ।
एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै
एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ। उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन्। यस खेलको विजेता टोली च्यालेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन्। 
अमेरिकाले हसिनासँग मागेको ‘सेन्ट मार्टिन टापू’, जुन ब्रिटिसको पनि कब्जामा थियो
अमेरिकाले हसिनासँग मागेको ‘सेन्ट मार्टिन टापू’, जुन ब्रिटिसको पनि कब्जामा थियो सेन्ट मार्टिन टापू, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हङ्गामा मच्चिएको छ। के तपाईँलाई थाहा छ?, यो टापू मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। र, म्यानमारबाट यसको दूरी मात्र ५ माइल टाढा छ। 
बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’
बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’ बंगलादेशमा प्रदर्शनकारीहरूले सन् १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन्। मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।
Weather Update