News Griha :: न्यूजगृह
अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम
अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ।सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो।
नेप्से परिसूचक ३० महिना यताकै उच्च विन्दुमा
नेप्से परिसूचक ३० महिना यताकै उच्च विन्दुमा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ। यो अंक ३० महिना (२०७८ माघ)यताकै उच्च हो।
एक लाख बढीले गरे पशुपतिनाथको दर्शन
एक लाख बढीले गरे पशुपतिनाथको दर्शन पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
स्कुटर दुर्घटनामा छोराको मृत्यु, आमा घाइते
स्कुटर दुर्घटनामा छोराको मृत्यु, आमा घाइते सोमबार बिहान स्कुटरमा आमासँगै मन्दिर दर्शनका लागि गएका बुटवल–१३ बेलबासका २३ वर्षीय अंकित पाठकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।
१८ देशका लागि सिफारिस राजदूतको सुनुवाइ भोलिदेखि
१८ देशका लागि सिफारिस राजदूतको सुनुवाइ भोलिदेखि बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।
परराष्ट्रमन्त्रीले भारतीय विदेश सचिवसँग उठाइन् नेपाललाई थप 'हवाई रुट'को विषय
परराष्ट्रमन्त्रीले भारतीय विदेश सचिवसँग उठाइन् नेपाललाई थप 'हवाई रुट'को विषय परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार शिष्टाचार भेट गरेका छन्। भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो।
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान साढे १० बजे बैठक बोलाइएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताए । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन्।
देखिन थाले सडकमा ड्युटी छाडेर हिँडेका बंगलादेशका ट्राफिक प्रहरी
देखिन थाले सडकमा ड्युटी छाडेर हिँडेका बंगलादेशका ट्राफिक प्रहरी करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो।
प्रचण्डले नेतृत्व छोडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घण्टा पछि सरियो
प्रचण्डले नेतृत्व छोडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घण्टा पछि सरियो गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ ।  जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, शीर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घण्टा पछि सरेको हो।
इटालियन पेस्तोलसहित झापाबाट एक जना पक्राउ
इटालियन पेस्तोलसहित झापाबाट एक जना पक्राउ पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर छन्। उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो।
सिमलताल दुर्घटनाको महिना दिन पूरा, ४० यात्रु र २ बसको खोजी जारी
सिमलताल दुर्घटनाको महिना दिन पूरा, ४० यात्रु र २ बसको खोजी जारी पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बगेको आज (सोमबार) महिना दिन पूरा भएको छ। नदीमा हराइरहेका दुईवटै बस र फेला नपरेका यात्रुहरूको खोजी कार्य अझै पनि जारी नै छ। त्रिशूलीमा बेपत्ता बस र त्यसका यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो। साउन १३ मा भारतीय टोली...
Weather Update