News Griha :: न्यूजगृह
पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा
पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगको बताए।
‘इको’ ब्रान्डको पानीमा कीरा भेटिएपछि अनामनगरस्थित किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना
‘इको’ ब्रान्डको पानीमा कीरा भेटिएपछि अनामनगरस्थित किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ।गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो।
पर्यटकको रोजाइमा इलाम
पर्यटकको रोजाइमा इलाम छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन्।
अमेरिकी डलर महँगो मूल्यमा स्थिर, युरो घट्यो, पाउन्ड बढ्यो
अमेरिकी डलर महँगो मूल्यमा स्थिर, युरो घट्यो, पाउन्ड बढ्यो नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य तलमाथि भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाइ
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाइ बंगलादेशका अन्तरिम सरकार प्रमुख डा मुहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन्। बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।
ताप्लेजुङमा पहिरोले घर भत्कियो
ताप्लेजुङमा पहिरोले घर भत्कियो आइतबार रातिको वर्षाले मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघु तेल्लाबुङकी ६४ वर्षीय भोटेनी लिम्बूनीको घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु
दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।
विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ
विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ। सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
पेरिस ओलम्पिकको भव्य समापन [तस्बिरहरू]
पेरिस ओलम्पिकको भव्य समापन [तस्बिरहरू] ग्रीष्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ। ८० हजार दर्शकबीच स्टेट डे फ्रान्समा यसको समापन समारोह गरिएको हो।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ।
आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ। यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।
आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Weather Update