News Griha :: न्यूजगृह

ग्रीष्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ। ८० हजार दर्शकबीच स्टेट डे फ्रान्समा यसको समापन समारोह गरिएको हो।

समापन समारोह भव्य कन्सर्ट जस्तो बनेको थियो। समापन समारोहमा खेलाडीको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई ‘सेलिब्रेट’ गरिएको थियो। 

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरियो। 

तस्बिरहरु: एपी/सिन्ह्वा/रासस

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०७:१७
Weather Update