शेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से २८६० अंकमा आइतबार, साउन २७, २०८१

हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायो’ आइतबार, साउन २७, २०८१ बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन्। हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन्।

जनार्दनको दाबी– ‘खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदै छ भनेर हल्ला चलायो’ आइतबार, साउन २७, २०८१ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन्।

चूडामणि शर्माको मुद्दामा कारण देखाऊ आदेश जारी आइतबार, साउन २७, २०८१ सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

प्रधानमन्त्रीसँग लुम्बिनीका मुख्यमन्त्रीले भने– बुटबलबाट दाङ राजधानी सार्न पैसाको कमी भयो आइतबार, साउन २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन्।

बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड आइतबार, साउन २७, २०८१ पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका नागरिक बढी रहेका जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन शाखाले जनाएको छ।

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन आइतबार, साउन २७, २०८१ सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो।

राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलायो आइतबार, साउन २७, २०८१ समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको हो।

बंगलादेशः सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा रेफात अहमद नियुक्त आइतबार, साउन २७, २०८१ बंगलादेशमा प्रधानन्यायाधीशले राजीनामा दिए लगत्तै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका छन्। शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए। उनले आइतबार शपथसमेत लिइसकेका छन्।

नेपालको मुनाल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने आइतबार, साउन २७, २०८१ नेपालले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ।भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडबीच शनिबार नयाँ दिल्लीमा उक्त सहयोगका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ आइतबार, साउन २७, २०८१ प्रहरी चौकी शनिश्चरेले शनिबार रातिअर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

यस्तो छ भारतीय विदेश सचिव मिस्रीको भ्रमण तालिका आइतबार, साउन २७, २०८१ भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्।

माओवादी नेता जनार्दन शर्माको प्रस्तावः ‘पार्टीको नाम र चुनाव चिन्ह फेरौँ’ आइतबार, साउन २७, २०८१ पार्टी निमार्णकै लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन्।









