News Griha :: न्यूजगृह
आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो
आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ।
सोलुखुम्बुमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते
सोलुखुम्बुमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ
ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन्।
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ।महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ। 
काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री
काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री भारतका विदेश सचिव विक्रम मिस्री  नेपाल उत्रिएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन्।
पाँचवटा संसदीय समितिको बैठक बस्दै
पाँचवटा संसदीय समितिको बैठक बस्दै विभिन्न पाँच संसदीय समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभातर्फका तीन संसदीय समितिको बैठक आज बस्न लागेको हो।
कालीगण्डकी करिडोरः महभीरको पहिरोले दुर्घटनाको जोखिम
कालीगण्डकी करिडोरः महभीरको पहिरोले दुर्घटनाको जोखिम कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भीरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ।
बंगलादेश प्रहरीले भन्यो, 'नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गरौँ'
बंगलादेश प्रहरीले भन्यो, 'नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गरौँ' बंगलादेशका प्रहरीले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ। विद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परे पछि प्रहरी चौकी छाडेर हिँडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो।
यस्तो छ आजको विनिमयदर [सूचीसहित]
यस्तो छ आजको विनिमयदर [सूचीसहित] नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
बंगलादेशका सबै एटीएम बुथ रित्तिए 
बंगलादेशका सबै एटीएम बुथ रित्तिए  वास्तवमा गत ५ अगस्टमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन्। यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ। धेरैजसो प्रहरी चौकीहरू रित्तो भएका छन्, त्यहाँ प्रहरीहरू छैनन्। न त सडकमा ट्राफिक नै रहेका छन्।
पेरिस ओलम्पिकमा आज सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा आज सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै नेपाली म्याराथन धावक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।
सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर
सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर बढीले वडा नं १ गौडेनी पुलमा एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवा खोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। यसैगरी, वडा नं ४ मा  निर्माणाधीन...
Weather Update