ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ
-1714474494.jpg)
काठमाडौं— ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन्।
बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाइएको थियो।
त्यसैगरी क्षतिपूर्ति शुल्क वापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय लोहित चन्द शाह र ईश्वरराज आचार्यको इजलासले गत २०७७ मंसिर १६ मा फैसला सुनाएको थियो।
झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्याललाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ।
सात दिनको कैद भुक्तान गरे पनि जरिवाना र क्षतिपूर्ति वापतको रकम नतिरेको अवस्थामा भने थप कैद बस्नुपर्ने हुन्छ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ ११:२१