News Griha :: न्यूजगृह
पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर
पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।सेन नदीमा आयोजित उद्‌घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु हुँदैछ। ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा बस्ने बैठक आगामी साउन ३० गतेसम्म चल्ने छ। बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
ब्राजिललाई हराउँदै अमेरिकाले पाँचौँ पटक जित्यो स्वर्ण
ब्राजिललाई हराउँदै अमेरिकाले पाँचौँ पटक जित्यो स्वर्ण पार्क डेस प्रिन्सेसमा भएको खेलमा ब्राजिल र अमेरिकाको खेल निकै प्रतिस्पर्धात्मक थियो।  स्वानसनले आफ्नो १०० औं क्यापमा गोलकिपर लोरेनालाई छक्याउँदै गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफको १२औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन्। 
पेरिस ओलम्पिकको अन्तिम दिन म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी
पेरिस ओलम्पिकको अन्तिम दिन म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्। सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन्। 
तुलसी सहकारीका अध्यक्ष शर्मालाई जेलबाट ल्याएर संसदीय समितिले गर्‍यो सोधपुछ
तुलसी सहकारीका अध्यक्ष शर्मालाई जेलबाट ल्याएर संसदीय समितिले गर्‍यो सोधपुछ शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए।
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
त्रिवि अस्पतालस्थित मनमोहन भवनबाट हाम फालेका युवकको मृत्यु
त्रिवि अस्पतालस्थित मनमोहन भवनबाट हाम फालेका युवकको मृत्यु मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन्।
पाँच दिनमा ७१९ जना डेङ्गु सङ्क्रमित थपिए, तनहुँ रेड जोनमा, काठमाडौंको अवस्था के छ? 
पाँच दिनमा ७१९ जना डेङ्गु सङ्क्रमित थपिए, तनहुँ रेड जोनमा, काठमाडौंको अवस्था के छ?  पाँच दिनमा देशभर ७१९ जना डेङ्गु सङ्क्रमित थपिएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडीसीडी) का अनुसार साउन २२ गतेसम्म २३६५ जना सङ्क्रमित रहेकोमा साउन २६ गतेसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या ३ हजार ८४ जना पुगेको हो।
बंगलादेशमा विद्यार्थी आन्दोलनका बेला चलाइएका सबै मुद्दा फिर्ता हुने
बंगलादेशमा विद्यार्थी आन्दोलनका बेला चलाइएका सबै मुद्दा फिर्ता हुने कानुन मन्त्रालयले विद्यार्थी तथा नागरिकको पछिल्लो जनआन्दोलनलाई दमन गर्ने उद्देश्यले जुलाई १ देखि अगस्ट ५ सम्म चलाइएका सबै मुद्दा फिर्ता लिने तयारी गरेको हो।नवगठित अन्तरिम सरकार अन्तर्गतको मन्त्रालयको पहिलो बैठकले त्यसका लागि तीन दिनभित्र कदम चाल्ने निर्णय गरेको हो।
लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमान्दा एक महिला माइतीघरको पोलबाट हाम फाल्न खोजेपछि...
लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमान्दा एक महिला माइतीघरको पोलबाट हाम फाल्न खोजेपछि... जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।
Weather Update