साँढेको आक्रमणबाट बुटवलमा महिलाको मृत्यु शनिबार, साउन २६, २०८१

माओवादी स्थायी समिति बैठक आज पनि शनिबार, साउन २६, २०८१ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बंगलादेशका हिन्दुले गरे सुरक्षाको माग शनिबार, साउन २६, २०८१ बीबीसीका अनुसार शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए।

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ शनिबार, साउन २६, २०८१ ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

बेनी-दरबाङ सडक अवरुद्ध शनिबार, साउन २६, २०८१ पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ।

स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण शनिबार, साउन २६, २०८१ आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५–३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ।शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो।

स्कुल बसको ठक्करबाट छात्राको मृत्यु शुक्रबार, साउन २५, २०८१ आज अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान शुक्रबार, साउन २५, २०८१ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन्।

इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन शुक्रबार, साउन २५, २०८१ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए।

कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति पक्राउ शुक्रबार, साउन २५, २०८१ उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायललगायत गरगहना, सिक्का, घडी र रु छ हजार एक सय ३५ सहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा बागचन्द सिफारिस शुक्रबार, साउन २५, २०८१ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्को शुक्रबार बसेको बैठकले बागचन्दलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए।

भारतीय विदेश सचिव आइतबार नेपाल आउने शुक्रबार, साउन २५, २०८१ भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार आउने भएका छन्।
![३५ जिल्ला न्यायाधीश सिफारिस [सूची]](https://newsgriha.com/uploads/posts/nyayparishad1694774246.jpg)
३५ जिल्ला न्यायाधीश सिफारिस [सूची] शुक्रबार, साउन २५, २०८१ न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीसको नाम सिफारिस गरेको छ. परिषद्को शुक्रबारको बैठकले न्यायाधीस सिफारिस गरेको हो। न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो।









