मादुरो र मस्क विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि सोसल मिडिया एक्समाथि प्रतिबन्ध शुक्रबार, साउन २५, २०८१

मधेसका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण, पार्टीसँग समन्वय नगरेको आरोप शुक्रबार, साउन २५, २०८१ जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो।

सुदूरपश्चिममा प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्रीले विश्वासका मत लिने शुक्रबार, साउन २५, २०८१ यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए। तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर सङ्कलन सम्बन्धी अध्यादेश जारी गरेको थियो।

विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा शुक्रबार, साउन २५, २०८१ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन्।

सरकारले जबर्जस्ती करणी मुद्दा सबन्धी कानुन संसोधन गर्ने शुक्रबार, साउन २५, २०८१ मुख्यतयाः बलात्कार मुद्दामा किशोरहरू बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आएपछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ। १८ वर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा ठहरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो।

कुलमानको दाबीः ३ वर्षअघि ५८* प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुग्यो शुक्रबार, साउन २५, २०८१ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको दाबी गरेका छन्।

टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने शुक्रबार, साउन २५, २०८१ सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ।प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।

रौतहटको ईशनाथस्थित हनुमान मन्दिरमा सीडीओसहित ५ सय सुरक्षाकर्मी परिचालन शुक्रबार, साउन २५, २०८१ रौतहटको ईशनाथ नगरपालिकास्थित हिन्दु समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ईशनाथ-७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिमबीच साम्प्रदायिक सद्भाव नबिग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो।

चुनाव घोषणा भएलगत्तै शेख हसिना बंगलादेश फर्किने, तत्काल भारतबाहिर नजाने शुक्रबार, साउन २५, २०८१ शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन्। उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरेपछि आफूहरू बंगलादेश जाने बताएका हुन्।टाइम्स अफ इन्डियाका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन। तर, उनको छोराका दाबी छ, चुनावको घोषणा भएलगत्तै आमा हसिना...

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन शुक्रबार, साउन २५, २०८१ स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन्।

रामेछापमा हत्या गरी फरार रहेका युवक भक्तपुरबाट पक्राउ शुक्रबार, साउन २५, २०८१ रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक गत असार २० गते मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा श्रेष्ठ पक्राउ परेका हुन्।

सडक भासिएको ठाउँ टुकुचा खोला, महानगर भन्छ- पुल बनाउनुको विकल्प छैन शुक्रबार, साउन २५, २०८१ हिजो राति काठमाडौं महानगरपालिका कार्यालय नजिकै भासिएको सडक टुकुचा खोला रहेको फेला परेको छ। दरबारमार्गमा रहेको महेन्द्र सालिक काठमाडौं प्लाजा जोड्ने सडक भासिएको थियो।सडकमा ठूलो भ्वाङ परेपछि सवारिसाधन आवागमन बन्द गरिएको छ। महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले उक्त भासिएको सडक टुकुचा खोला रहेको देखिएको जानकारी दिए।

पूर्वपतिको बिहेलाई लिएर सामान्था मौन शुक्रबार, साउन २५, २०८१ जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछी इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए।









