रामेछापमा हत्या गरी फरार रहेका युवक भक्तपुरबाट पक्राउ

काठमाडौं— कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ का १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक गत असार २० गते मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा श्रेष्ठ पक्राउ परेका हुन्।
घटनापछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईटबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ। यसअघि यही घटनामा संलग्न रहेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका–३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर परेका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १३:४३












