News Griha :: न्यूजगृह
कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ। कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन्।
दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता 
दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता   दशरथ रङ्गशालाले  अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ।बिहीबार एसियाली फुटबल महासङ्घ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल सङ्घ एन्फा सीईओ इन्द्रमान तुलाधरले जानकारी दिए। 
आज नागपञ्चमी, नाग पूजा गरिँदै
आज नागपञ्चमी, नाग पूजा गरिँदै यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ।
रुस युक्रेन युद्ध : युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने
रुस युक्रेन युद्ध : युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ।
रुसमा युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको अस्तु परिवारलाई हस्तान्तरण
रुसमा युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको अस्तु परिवारलाई हस्तान्तरण रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ। युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको...
विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश आचार्य र पुनले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गरेको हो। बिहीबार भएको सुनुवाइमा न्यायाधीश पोखरेलले मन्त्री खड्काको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै आचार्य र पुन सञ्चालक पदमा काम गर्न फर्किनेछन्।
हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ
हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए। 
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका यी चार उद्योगले बुझाए बक्यौता
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका यी चार उद्योगले बुझाए बक्यौता  डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्। केही दिनअघि दुई उद्योगले बक्यौता बुझाएका थिए। आज थप दुई उद्योगले बक्यौता बुझाएका हुन्।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।
हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन 
हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन  समितिले यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदल मार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरू के कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ।
करिब २१ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ
करिब २१ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ प्रतिबन्धित लागूपदार्थ कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको हो।
सांसद सुनिल शर्माको मुद्दा टुङ्गियो
सांसद सुनिल शर्माको मुद्दा टुङ्गियो प्रतिनिधि सभा सदस्य सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रको विषयमा मुद्दा अब नचल्ने गरी टुङ्गो लागेको छ।महान्यायाधिवक्ता रमेश बडालले मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टिप्पणीलाई सदर गरेसँगै उनीविरुद्ध अनुसन्धान र मुद्दा दायर नहुने निश्चित भएको हो।
Weather Update