News Griha :: न्यूजगृह
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष नेपाल
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष नेपाल नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एअर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो। 
परीक्षा मिति तोकेरै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो 
परीक्षा मिति तोकेरै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो  त्रिवि शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८९/०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।
बंगलादेशको अन्तरिम सरकार प्रमुखले आज शपथ लिने
बंगलादेशको अन्तरिम सरकार प्रमुखले आज शपथ लिने आन्दोलनरत विद्यार्थीहरूको माग बमोजिम राष्ट्रपति मोहम्मद शहाबुद्धिनले संसद् भङ्ग गरेर नोबेल पुरस्कार विजेता डा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। युनुस बिहीबार (आज) मात्रै बंगलादेश पुग्दै छन्। उनी निजि कामको सिलसिलामा फ्रान्समा थिए। 
अनुभवी पाइलट थिए अरुण, दुर्घटनाबारे अधिकारीहरू नै आश्चर्यमा
अनुभवी पाइलट थिए अरुण, दुर्घटनाबारे अधिकारीहरू नै आश्चर्यमा चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छाडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौं ल्याउने योजना थियो। तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो। दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो। सवार पाँचै जनाको ज्यान गयो।
पेरिस ओलम्पिक: अमेरिका शीर्षमा रहँदा १२६ देशले खातै खोल्न सकेनन्
पेरिस ओलम्पिक: अमेरिका शीर्षमा रहँदा १२६ देशले खातै खोल्न सकेनन् अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ काश्यसहित कुल ९४ पदक जितेको छ। शीर्षस्थानका लागि कडा टक्कर दिएको चीनले २५ स्वर्ण २३ रजत र १७ काश्यसहित कुल ६५ पदक जितेको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै
६ वटा संसदीय समितिको बैठक बस्दै सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठक बिहीबार बस्दैछ।बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ। कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ।
गर्भवती श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
गर्भवती श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिए। पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन्।
काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो। बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत...
सिन्धुपाल्चोकमा भारी वर्षा, ६९.६ मिलिमिटर वर्षा रेकर्ड
सिन्धुपाल्चोकमा भारी वर्षा, ६९.६ मिलिमिटर वर्षा रेकर्ड जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मध्यराति सूचना जारी गरी मेलम्ची, इन्द्रावती लगायत नदी तथा आसपासका सहायक खोलाहरुमा आकस्मिक बाढी र पहिरोको जोखिम रेको भन्दै सतर्क रहन भनेको थियो।
टर्किस एअरलाइन्सको विमान ‘ओभरसुट’
टर्किस एअरलाइन्सको विमान ‘ओभरसुट’ स्तानबुलबाट आएको टर्किस एअरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
बंगलादेशमा विकशित घटनाक्रमबारे नेपालले भन्यो- उदार जनता सङ्क्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन्
बंगलादेशमा विकशित घटनाक्रमबारे नेपालले भन्यो- उदार जनता सङ्क्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फिर्तीका लागि जोड दिएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाएको छ।  
आज यी भूभागमा भारी वर्षाको सम्भावना
आज यी भूभागमा भारी वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।
Weather Update