News Griha :: न्यूजगृह
पेरिस ओलम्पिक: अमेरिका शीर्षमा रहँदा १२६ देशले खातै खोल्न सकेनन्

काठमाडौं— पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिन सकिँदा अमेरिका २७ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम छ।

अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ काश्यसहित कुल ९४ पदक जितेको छ। शीर्षस्थानका लागि कडा टक्कर दिएको चीनले २५ स्वर्ण २३ रजत र १७ काश्यसहित कुल ६५ पदक जितेको छ।

तेस्रो स्थानमा यथावत् अस्ट्रेलियाको नाममा १८ स्वर्ण १२ रजत र ११ काश्यसहित कुल ४१ पदक छ।  आयोजक फ्रान्सले १३ स्वर्णसहित कुल ५१ पटक हात पारेको छ।

१२ स्वर्ण १७ रजत र २० काश्य जितेको ग्रेट ब्रिटेन पाँचौँ स्थानमा छ। दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैटौँ, सतौँ र आठौँ स्थानमा यथावत् छन्।

पेरिस ओलम्पिक २०२४ मा बुधबारसम्म सहभागी २ सय ६ मध्ये ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन्।

प्रतियोगिता अन्तर्गत आज थप १२  स्वर्णसहित २७  पदकका लागि प्रतिस्पर्धा हुने छ। जारी ओलम्पिकमा ३२ खेलमा ३ सय २९ पदकका लागि २ सय ६ देशका १० हजार ७ सय १४ खेलाडी मैदानमा उत्रिएका छन्। खेलको समापन आगामी आइतबार हुनेछ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:२७
Weather Update