News Griha :: न्यूजगृह
कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं— कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ। कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन्।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा साउन २५ मा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थाहरूमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:२०
Weather Update