News Griha :: न्यूजगृह
दरबारमार्गको भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते
दरबारमार्गको भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते काठमाडौं टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ। त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्।
तोलामा १५ सयले बढ्यो सुन
तोलामा १५ सयले बढ्यो सुन अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो।
बंगलादेशमा युनुस नेतृत्वमा अन्तरिम सरकार गठन, यस्तो छ १६ सदस्यीय मन्त्रिमण्डल
बंगलादेशमा युनुस नेतृत्वमा अन्तरिम सरकार गठन, यस्तो छ १६ सदस्यीय मन्त्रिमण्डल नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ खाएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बंगलादेशको राजधानी ढाकास्थित राष्ट्रपति कार्यालय बंगभवनमा बिहीबार राति आयोजित समारोहबीच युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले अन्तरिम सरकार प्रमुखको शपथ खुवाएका हुन्।
काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो
काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो यो सडकले दरबारमार्गलाई जोड्छ। टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ।
सुर्खेत उड्नै लागेको श्री एअरलाइन्सको जहाज जब धावनमार्गबाट फर्कियो...
सुर्खेत उड्नै लागेको श्री एअरलाइन्सको जहाज जब धावनमार्गबाट फर्कियो... त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एअरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। 
मन्त्री नपाउँदा लुम्बिनीका कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा
मन्त्री नपाउँदा लुम्बिनीका कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्।तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए। ‘मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने।
चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
चोरीको मोटरसाइकलसहित २ जना पक्राउ पक्राउ पर्नेमा बौद्धीमाई नगरपालिका-५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।
माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि
माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो।
नेपाल प्रहरीका इन्स्पेक्टर ‘सम्पर्कविहीन’, गृह मन्त्रालयले निकाल्यो सूचना
नेपाल प्रहरीका इन्स्पेक्टर ‘सम्पर्कविहीन’, गृह मन्त्रालयले निकाल्यो सूचना नेपाल प्रहरीका प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा प्रीति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ।
सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, पूर्वी नेपालसम्म धक्का महसुस
सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, पूर्वी नेपालसम्म धक्का महसुस शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
सर्पले टोकेर बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते
सर्पले टोकेर बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासि बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याइएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
Weather Update