उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा बागचन्द सिफारिस

काठमाडौं— उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा रत्नबहादुर बागचन्द सिफारिस भएका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्को शुक्रबार बसेको बैठकले बागचन्दलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए।
बागचन्द हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन्।
परिषद्ले ३५ जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ। न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ २०:५९