त्रिवि अस्पतालस्थित मनमोहन भवनबाट हाम फालेका युवकको मृत्यु

काठमाडौं— मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन्।
शनिबार दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए। भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङ हामफाली उनी घाइते भएका थिए।
उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ १६:५६