लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमान्दा एक महिला माइतीघरको पोलबाट हाम फाल्न खोजेपछि...

काठमाडौं— लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमानेपछि एक महिलाले काठमाडौंको माइतीघरमा आत्महत्याको प्रयास गरेकी छिन्।
जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।
उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उनी ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्।
यसअघि फरक तस्बिर परेकोमा क्षमाप्रार्थी छौँ- सम्पादक ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ १६:०३