काठमाडौं— बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन।
वास्तवमा गत ५ अगस्टमा प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन्। यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ। धेरैजसो प्रहरी चौकीहरू रित्तो भएका छन्, त्यहाँ प्रहरीहरू छैनन्। न त सडकमा ट्राफिक नै रहेका छन्।
एटीएम बुथसम्म नगद पुर्याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटीएममा नगद नभएको बैंकहरुले बताएका छन्। यसअघि गत अगस्ट ७ मा केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो।
हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन्। नयाँ सरकारले पनि अझै सुरक्षा व्यवस्थालाई नियन्त्रणमा लिइसकेको अवस्था छैन्।