मधेसका ८ राज्यमन्त्री बर्खास्त मंगलबार, साउन २९, २०८१

रुसी क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेपछि पुटिनले के भने? मंगलबार, साउन २९, २०८१ अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले उक्त आदेश दिएका हुन्।किएभले गत मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो।

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो? मंगलबार, साउन २९, २०८१ नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो।

रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई पोखराको जेलबाट ल्याएर बयान लिँदै समिति मंगलबार, साउन २९, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी सञ्चालकसँग बयान लिने भएको छ।बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँग बयान लिन लागिएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ मंगलबार, साउन २९, २०८१ वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका हुन्।

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा मंगलबार, साउन २९, २०८१ कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन्।विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन्। अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ।

मोरङको बेलबारीमा हात्तीको छावा मृत फेला मंगलबार, साउन २९, २०८१ मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृत भेटिएको छ। स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध मंगलबार, साउन २९, २०८१ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ।नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो।

मङ्गलग्रहमा पानी भएको पुष्टि मंगलबार, साउन २९, २०८१ हालै मङ्गलग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरूले पुष्टि गरेका हुन्। मङ्गलग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरूले पानीको भण्डार फेला पारेका हुन्।

पाकिस्तानी इतिहासमा पहिलो पटक गुप्तचर प्रमुख पक्राउ, कारण जान्नुहोस् मंगलबार, साउन २९, २०८१ पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ।

धादिङबाट हराएका तीन बालिका एक हप्तापछि बागलुङमा भेटिए मंगलबार, साउन २९, २०८१ रोशनी गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन्। रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरु गर्यो। रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो।

कर्मचारीको तलब बढाउन सरकारले थाल्यो गृहकार्य मंगलबार, साउन २९, २०८१ सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन/निर्धारण लागू गर्न/गराउन असार १० मा परमादेश जारी गरेको थियो। त्यही आधारमा सरकारले कर्मचारीको तलबमान बढाउन मन्त्रिपरिषद्मा छलफल भएको एक मन्त्रीले जानकारी दिए।

एएफसी च्यालेन्ज लिग: आज चर्च ब्वाइज र पारो खेल्दै मंगलबार, साउन २९, २०८१ एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ।खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेन्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।









