News Griha :: न्यूजगृह
ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

पर्सा— पर्सामा एक जना युवकले आफ्नै ससुराको हत्या गरेका छन्।

वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगति टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ रहेका छन्।

उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूबीच विवाद भएपछि साजनले सीताराममाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:४८
Weather Update