मङ्गलग्रहमा पानी भएको पुष्टि
काठमाडौं— मङ्गलग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले पानी भएको पुष्टि गरेको छ।
हालै मङ्गलग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरूले पुष्टि गरेका हुन्। मङ्गलग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरूले पानीको भण्डार फेला पारेका हुन्।
सन् २०१८ मा मङ्गलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका हुन्।
ल्याण्डरले सिस्मोमिटर बोकेका थिए। यसले मङ्गलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो।
ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय सङ्केतहरू भेटिएका हुन्।
मङ्गलग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ ०८:५६