News Griha :: न्यूजगृह
देखिन थाले सडकमा ड्युटी छाडेर हिँडेका बंगलादेशका ट्राफिक प्रहरी

काठमाडौं— हसिना सरकारको पतनपछिको असुरक्षाका कारण डयुटी बाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन।  

करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो।

उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ड्युटीमा देखिएका छन्। यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो।

निजी संस्थाका कर्मचारी अनिसुर रहमानले भने, ‘ट्राफिक प्रहरी काममा फर्किनु शहरवासीका लागि राहतको कुरा हो। विद्यार्थीहरूले पछिल्ला केही दिनहरूमा ट्राफिक नियन्त्रण गरेर राम्रो काम गरे तर यो लामो समयसम्म जारी राख्नु हुँदैनथ्यो, युवा विद्यार्थीहरूको लागि जोखिम थियो। 

अन्सारका सदस्य र विद्यार्थीले पनि सडकमा अनुशासन कायम गर्न सहयोग गरेको देखियो। विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा पूर्व प्रधानमन्त्री शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो।

पछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो। आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताए।

आइतबार दिउँसो ३ बजेदेखि देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:३०
Weather Update