काठमाडौं— सेन्ट मार्टिन टापू, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हङ्गामा मच्चिएको छ।
के तपाईँलाई थाहा छ?, यो टापू मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। र, म्यानमारबाट यसको दूरी मात्र ५ माइल टाढा छ।
ढाका ट्रिब्यूनका अनुसार यो टापू १८ औं शताब्दीमा अरब व्यापारीहरूले बसाएको थिए। उनीहरूले यसको नाम ‘जजिरा’ राखेका थिए। त्यसपछि ब्रिटिस सरकारले कब्जा गर्यो।
चटगाउँका उपायुक्तको नाममा यस टापूको नाम ‘सेन्ट मार्टिन’ टापू राखिएको थियो। यस टापूलाई बंगाली भाषामा ‘नारिकेल जिन्जिरा’ (नारियल टापू) वा दारुचिनी द्वीप (दालचीनी द्वीप) भनिन्छ। यो बंगलादेशको एकमात्र कोरल टापू हो।
पर्यटनका अलावा यो टापू व्यापारका लागि पनि महत्त्वपूर्ण छ। यस टापूमा ९ वटा गाउँ छन्, जसमा करिब ३ हजार ७ सय मानिस बस्छन्। उनीहरूको पेशा माछा मार्ने, धान र नरिवल खेती हो। यहाँका किसानहरूले आफ्नो उत्पादन नजिकैको देश म्यानमारका मानिसहरूलाई बेच्छन्।
भौगोलिक अवस्थिति महत्वपूर्ण छ, यहाँबाट चीन–भारत अनुगमन गर्न सकिने जनाइएको छ। सेन्ट मार्टिनको भौगोलिक स्थान धेरै महत्त्वपूर्ण छ। डेली स्टारका अनुसार यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउँछ भने यसले मलाक्का स्ट्रेट नजिकैको किनार प्राप्त गर्नेछ।
चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ। यो टापू चीन र म्यानमारमा नजर राख्न मात्र होइन, भारतले यहाँबाट के गरिरहेको छ भनेर जान्न पनि प्रयोग गर्न सकिन्छ।
चाखलाग्दो कुरा के छ भने म्यानमारले पनि सेन्ट मार्टिन टापूमाथि दाबी गरेको छ। सन् १९३७ मा म्यानमार ब्रिटिस शासनबाट अलग भए पछि पनि यो टापू ब्रिटिस इन्डियाको हिस्सा रह्यो। सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि पनि बेलायतले यस टापूमा आफ्नो नियन्त्रण कायम राखेको थियो। तर, केही समयपछि पाकिस्तानले नियन्त्रणमा लिएको थियो।
सन् १९७१ मा पाकिस्तान अलग भएपछि बंगलादेशले यस टापूमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो। द डेली स्टारको रिपोर्ट अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुवैले सेन्ट मार्टिन टापूमा बंगलादेशको नियन्त्रण रहने सहमति गरेका थिए।
सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा ‘सेन्ट मार्टिन टापू’ लाई आफ्नो भागको रूपमा घोषणा गरेको थियो। तर, बंगलादेशको आपत्ति पछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै यो नक्सा हटाएको थियो। यसअघि पनि धेरै पटक म्यानमारका सेनाले यस क्षेत्रमा बंगलादेशी नागरिक माथि आक्रमण गरिसकेका छन्।
रिपोर्ट अनुसार रोहिंग्याहरूले म्यानमारबाट भागेर बंगलादेश छिर्नका लागि पनि उक्त टापू प्रयोग गर्ने गरेको छ।