रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा शनिबार, भदौ १, २०८१

थामेमा अप्रत्याशित बाढीपहिरो: २० घर र विद्यालय पुरिए, १३५ विस्थापित शनिबार, भदौ १, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ। थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन्।

थामेमा अप्रत्याशित बाढी आउनुको कारण खुल्न सकेन, स्थलगत निरीक्षणमा रक्षामन्त्रीको टोली जाँदै शनिबार, भदौ १, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ। शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ।

धनुषामा डुबेर दुई बालिकाको मृत्यु शनिबार, भदौ १, २०८१ मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनियाँ गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
-1722396504.jpg)
सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध शनिबार, भदौ १, २०८१ सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो।

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन शुक्रबार, साउन ३२, २०८१ बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

थामेमा भीषण बाढीपछि प्रधानमन्त्रीको चासो, गरे सोलुखुम्बुका सीडीओलाई फोन शुक्रबार, साउन ३२, २०८१ उनले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन्। बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन्।

ललितपुरका ४१ सहित ५५ जनामा हैजा सङ्क्रमण, ७४ जिल्लामा फैलियो डेङ्गु शुक्रबार, साउन ३२, २०८१ नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ। आज ललितपुरका २ जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित सङ्ख्या ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बागमती प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा शुक्रबार, साउन ३२, २०८१ आजको मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

हिमताल विस्फोट भएर थामेमा बाढी आएको हुनसक्छः मौसम विभाग शुक्रबार, साउन ३२, २०८१ विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ।

थामे बाढी अपडेटः एक जना बेपत्ता, १२ घरमा क्षति शुक्रबार, साउन ३२, २०८१ थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ। बाढीमा एक स्थानीय बेपत्ता भएका छन्।

नेपाललाई नयाँ हेलिकप्टर खरिदमा अमेरिकाले सहयोग गर्ने शुक्रबार, साउन ३२, २०८१ अमेरिकाले नेपाललाई नयाँ हेलिकप्टर खरिदमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको छ।अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको शिष्टाचार भेटवार्तामा नेपाललाई हेलिकप्टर खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

सोलुखुम्बुमा बाढीमा फसेका ७ जनाको उद्धार शुक्रबार, साउन ३२, २०८१ सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ।








