News Griha :: न्यूजगृह
आज कुन विदेशी मुद्राको मूल्य कति?
आज कुन विदेशी मुद्राको मूल्य कति? नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच हुने छ।
बाढीपहिरो लगायतका विपद्‌मा परी हालसम्म १८१ जनाको मृत्यु
बाढीपहिरो लगायतका विपद्‌मा परी हालसम्म १८१ जनाको मृत्यु बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो। 
परराष्ट्रमन्त्री राणा आज भारत जाँदै
परराष्ट्रमन्त्री राणा आज भारत जाँदै परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ। 
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै यसअघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो। आज प्रतियोगिताको उद्‌घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
सहकारी ठगीबारे सोधपुछ अन्तिमतिर, समिति प्रतिवेदन लेखनमा केन्द्रित 
सहकारी ठगीबारे सोधपुछ अन्तिमतिर, समिति प्रतिवेदन लेखनमा केन्द्रित  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुन लागेको छ।शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति सूर्य थापाले यस्तो बताएका हुन्।
अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने
अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार एक्समार्फत जानकारी दिएकी हुन्।
कर्मचारीको तलब बढाउने सर्वोच्चको आदेश कार्यान्वयन गर्न कठिन भयोः प्रधानमन्त्री
कर्मचारीको तलब बढाउने सर्वोच्चको आदेश कार्यान्वयन गर्न कठिन भयोः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा शनिबार आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिका अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनु पर्नेमा जोड दिए।
थामे क्षेत्रमा बाढीको जोखिम कायमै, विज्ञ भन्छन्– सगरमाथा क्षेत्रका अन्य हिमताल पनि फुटने सम्भावना छ
थामे क्षेत्रमा बाढीको जोखिम कायमै, विज्ञ भन्छन्– सगरमाथा क्षेत्रका अन्य हिमताल पनि फुटने सम्भावना छ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छन्। शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन्।
परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाने, विदेशमन्त्री एस जयशंकरलाई भेट्ने
परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाने, विदेशमन्त्री एस जयशंकरलाई भेट्ने परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारतको औपचारिक भ्रमणमा जाँदै छिन्।भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेकी हुन्।
जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदै छ भनेर बदनाम गरियो 
जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदै छ भनेर बदनाम गरियो  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन्।
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री     
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री      शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णयमा पुगेर लाइन काटेको आरोप लगाए।
विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैँ भत्ता दिने
विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैँ भत्ता दिने नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैँ भत्ता पाउने भएका छन्।उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेका हुन्।
Weather Update