News Griha :: न्यूजगृह
नौ महिनाअघि अस्ट्रेलिया गएका काभ्रेका सुभाषको शव समुद्री तटमा भेटियो 

काठमाडौं— अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रेको पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन्।

२१ दिनदेखि सम्पर्कविहीन सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिए। 

उनका अनुसार, शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको हो। 

‘शनिबार बिहान उनको शव समुद्रको तटमा भेटिएको त्यहाँस्थित प्रहरीले हामीलाई जानकारी पठाएको छ,’ तामाङले भने। 
उनका अनुसार सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ। अध्ययनका लागि अस्ट्रेलिया गएका सुभाष परिवारका कान्छा छोरा हुन्। उनी सुरुमा साथीहरूसँग बस्थे। 

परिवारले दिएको जानकारी अनुसार, पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए।

उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको तामाङले बताए।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:४९
Weather Update