पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ: प्रचण्ड आइतबार, भदौ २, २०८१
-1723965351.jpg)
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ आइतबार, भदौ २, २०८१ बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मङ्गलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्ति सापकोटाले जानकारी दिए।

बागमतीमा बेपत्ता बंगलादेशी नागरिकको खोजी जारी आइतबार, भदौ २, २०८१ काठमाडौंको सुन्दरीजलमा तस्बिर खिच्ने क्रममा बागमती नदीमा एक बंगलादेशी नागरिक बेपत्ता भएका छन्।

अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर आइतबार, भदौ २, २०८१ मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ।

महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या आइतबार, भदौ २, २०८१ स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए।

सुनको मूल्य अहिलेसम्मकै उच्च आइतबार, भदौ २, २०८१ अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ५०८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलरमा कारोबार भइरहेको छ।
-1722488432.jpg)
रोल्पामा चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु, २ घाइते आइतबार, भदौ २, २०८१ रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी भरत लामाले जानकारी दिए।

हावाहुरीका कारण झापामा ठूलो क्षति आइतबार, भदौ २, २०८१ गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ।

बाइडेनलाई भन्दा कमलालाई हराउन सहज हुने ट्रम्पको दाबी आइतबार, भदौ २, २०८१ अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई हराउन राष्ट्रपति जो बाइडेनलाई हराउन भन्दा सहज हुने दोहोर्याएका छन्।

साउदी सुपर कपको उपाधि अल हिलालले जित्यो, राेनाल्डाेको टिम अल नासर पराजित आइतबार, भदौ २, २०८१ अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो।

आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने आइतबार, भदौ २, २०८१ स्विडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ। स्विडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेन संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन्।

छिन्चु–जाजरकोट सडक अवरुद्ध आइतबार, भदौ २, २०८१ शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भीर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो।

बाँकेमा दुई युवामाथि खुकुरी प्रहार, वडाध्यक्षसहित चार जना पक्राउ आइतबार, भदौ २, २०८१ बाँकेमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन्। बैजनाथ गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्टमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट गम्भीर घाइते छन्।









