News Griha :: न्यूजगृह
आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने

काठमाडौं— स्विडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ।

स्विडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेन संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन्।

युरोपेली वेबसाइट द नेशनलका अनुसार यसअघि यो नियम विदेशबाट आएर स्विडेनमा बसोबास गर्ने नागरिकका लागि लागूहुने छ।

जन्मजात नागरिकका हकमा पनि यो नियम लागू हुने गरि प्रस्ताव गरिएको भएपनि आफ्ना नागरिक प्रति सरकार उत्तरदायी नभएको सन्देश जाने डरले सो प्रस्ताव अस्वीकृत भएको बताइएको छ।

हालको नियमअनुसार स्विडेन नागरिकले देश छोडेमा १० हजार स्विडेन क्रोन पाउने छन्। त्यस्तै बालबालिकाले देश छोड्दा ५ हजार स्विडेन क्रोन पाउने भएका छन्। यसबाहेक भाडाको पैसा पनि पाउँछन्। उनीहरूले यो पैसा देश छोड्नु अघि एकै पटक प्राप्त गर्ने बताइएको छ।

अचम्मको कुरा के छ भने स्विडेनमा देश छाड्नेको सङ्ख्या बढ्दै गएपछि यो प्रस्ताव पारित भएको हो। स्विडेनको माइग्रेसन एजेन्सीका अनुसार सन् २०२४ मा स्विडेन आउनेको सङ्ख्यामा कमी आएको छ। यो ५० वर्षमा पहिलो पटक भएको हो।

स्विडेनमा देश छाड्नेको सङ्ख्या बढे पनि यहाँको जनसङ्ख्या भने बढिरहेको छ। वास्तवमा, स्विडेनका मूल निवासीहरू अमेरिका जस्ता देशहरूमा घर खोजिरहेका छन्। उही समयमा, स्विडेन आप्रवासीहरूको लागि मनपर्ने गन्तव्य बनेको छ। स्वीडेनमा आप्रवासीको सङ्ख्या २० लाख नाघेको छ, जुन स्विडेनको कुल जनसङ्ख्याको २० प्रतिशत हो।

आप्रवासीहरूको बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्न सरकारले धेरै प्रतिबन्धहरू लगाएको छ। स्वीडेनमा सिरिया, सोमालिया, इरान र इराकबाट आउने मानिसहरूको ठूलो जनसङ्ख्या छ।

हालैका वर्षहरूमा स्विडेनमा हिंसाका धेरै घटनाहरू रेकर्ड भएका छन्। प्रहरी तथ्याङ्क अनुसार स्वीडेनमा गत वर्ष कम्तीमा ३४८ गोलीबारी भएका थिए। जसमा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो। हिंसाका यी घटनाहरूलाई आप्रवासीहरूको बढ्दो जनसङ्ख्यासँग जोडिएको छ।

स्विडेनले नब्बे दशकदेखि ठूलो सङ्ख्यामा आप्रवासीहरूलाई होस्ट गर्दै आएको छ, तर अक्टोबर २०२२ मा उल्फ क्रिस्टर्सन प्रधानमन्त्री भएदेखि देशको नीति परिवर्तन भएको छ। उनको सरकार गठबन्धनको सहयोगमा चलिरहेको छ।

यसलाई दक्षिणपन्थी स्विडेन डेमोक्र्याटको पनि समर्थन छ। यो पार्टीले आप्रवासी विरोधीको नाममा राजनीति गर्छ। शरणार्थीले देशको संस्कृतिलाई मात्र नभई अर्थतन्त्रलाई पनि हानी पुर्याउने उनको विश्वास छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०९:५७
Weather Update