बझाङमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार सोमबार, भदौ ३, २०८१

परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने सोमबार, भदौ ३, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

इङ्ग्लिस प्रिमियर लिगमा सिटीको सुखद् सुरुवात सोमबार, भदौ ३, २०८१ इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा साविक विजेता म्यानचेस्टर सिटीले सुखद् सुरुवात गरेको छ। पहिलो खेलमा उसले चेल्सीलाई हरायो।

खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु सोमबार, भदौ ३, २०८१ तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पताल प्रमुख डा रूपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याइएकाले मृत्यु भएको बताए।

आज जनै पूर्णिमा, भद्राको दोष नलाग्ने सोमबार, भदौ ३, २०८१ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।

कस्तो रहला आजको मौसम? सोमबार, भदौ ३, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

सहकारी ठगी : सूर्यदर्शनका पूर्वसञ्चालक पक्राउ आइतबार, भदौ २, २०८१ पर्साको वीरगञ्ज महानगरपालिका–१४ श्रीपुर घर भई हाल पोखरा घारीपाटन बस्ने ४८ वर्षीय नकर्मीलाई आज कास्की जिल्ला अदालतमा हाजिर गराइएको र उनलाई आजै कारागार चलान गरिएको कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

उदयपुरमा मिनीबस दुर्घटना, एक महिलाको मृत्यु, १७ जना घाइते आइतबार, भदौ २, २०८१ उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ६ चुरे वनस्थित सडकमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो दुर्घटना हुँदा अरु १७ जना घाइते भएका छन्।

नगरकोटको जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार आइतबार, भदौ २, २०८१ पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए।

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने आइतबार, भदौ २, २०८१ परराष्ट्र स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो।मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो।
-1696254918.jpg)
शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, भदौ २, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बाढीपहिरो लगायतका विपद्मा परी १८२ जनाको मृत्यु आइतबार, भदौ २, २०८१ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ।

एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय आइतबार, भदौ २, २०८१ ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरसिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउदै एक्सले ब्राजिलमा आफ्नो अप्रेसन बन्द गर्ने घोषणा गरको जनाएको छ।









