News Griha :: न्यूजगृह
इन्द्रावती थुनिएको ठाउँमा पहिरो खस्न रोकिएन, रातभरि निगरानी गरिने, थप वर्षा भए उच्च जोखिम [अपडेट]
इन्द्रावती थुनिएको ठाउँमा पहिरो खस्न रोकिएन, रातभरि निगरानी गरिने, थप वर्षा भए उच्च जोखिम [अपडेट] सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी ३५ प्रतिशत जति थुनिएको छ।पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ स्थित तिपेनीमा माथिल्लो भागबाट नदीको बहावमै अवरोध आउने गरी सुख्खा पहिरो खसेको हो।
चिर्पटले हानेर एक व्यक्तिको हत्या, एकै घरका तीन जना पक्राउ
चिर्पटले हानेर एक व्यक्तिको हत्या, एकै घरका तीन जना पक्राउ पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।
सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो
सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ।
दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौँ: गृहमन्त्री लेखक
दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौँ: गृहमन्त्री लेखक दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।
चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य, भारतले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा बिजुली किन्ने
चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य, भारतले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा बिजुली किन्ने नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ। नेपालले द्विपक्षीय सम्झौतामा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो।
पहिरोमा ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने
पहिरोमा ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने घोषणा गरेको छ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी एअरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्‌घाटन गरिएको थियो। भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन। 
धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा
धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन्। नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए।
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन। कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो। 
एक महिनामै उप्कियो रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’
एक महिनामै उप्कियो रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’ राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो। निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन्। 
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। 
जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश
जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना अभियन्ता केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ। यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चारमहिने अभियानको उद्‌घाटन गर्न लागेको जसपाले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।
Weather Update