News Griha :: न्यूजगृह
९९ प्रतिशत नेपालीका घरमा बिजुली
९९ प्रतिशत नेपालीका घरमा बिजुली नेपालका ७५३ स्थानीय तहमध्ये ५३९ मा पूर्ण विद्युतीकरण भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा भने आंशिक रूपमा मात्रै विद्युतीकरण भएको छ। १८ स्थानीय तहमा भने प्राधिकरणले राष्ट्रिय प्रसारणको विद्युत् पुर्‍याउन सकेको छैन।
अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु
अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका–१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
कृषिमा हामीले के सुधार गर्न सक्छौँ? 
कृषिमा हामीले के सुधार गर्न सक्छौँ?  म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन् । 
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछुः ट्रम्प
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछुः ट्रम्प समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन्। ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन्।
देशमा दुराचार व्याप्त छ, जनताले राजा खोजेका छन्ः कालीबाबा
देशमा दुराचार व्याप्त छ, जनताले राजा खोजेका छन्ः कालीबाबा गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंश (कालीबाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन्।
मेची भन्सारको राजस्व वृद्धि
मेची भन्सारको राजस्व वृद्धि गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो। मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो। 
उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे
उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार गरे पछि मङ्गलबार बिहान उत्तरपूर्वी काउन्टी गोसेओङमा हिरासतमा लिइएको थियो।’ 
वीरगञ्ज भन्सारद्वारा पहिलो महिनामै १२ अर्ब १६ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा पहिलो महिनामै १२ अर्ब १६ करोड राजस्व सङ्कलन प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ। 
देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि
देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५८ जना पुगेको छ।विभिन्न जिल्लामा  सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या ५८ पुगेको हो।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन्।
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान साढे ६ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा  सडक एकतर्फी अवरुद्ध बनेको हो।
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर मङ्गलबार सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ रहेको थियो। 
प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमले उडान प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो।
Weather Update