मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछुः ट्रम्प
काठमाडौं— अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन्।
समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन्। ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन्।
ट्रम्पको भनाइपछि मस्कले एक्समा आफु सरकारको 'डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी'मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन्।
टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए। एक्सको स्पेसमा प्रसारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १४:२५