News Griha :: न्यूजगृह
हेटौँडास्थित राप्ती नदीको बगरमा पुरुषको शव भेटियो
हेटौँडास्थित राप्ती नदीको बगरमा पुरुषको शव भेटियो मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित सुकुमबासी टोलनजिक राप्ती नदीको बगरमा मङ्गलबार साँझ अज्ञात पुरुषको शव भेटिएको हो।
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो? 
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो?  आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बागमतीको जलसतहले सतर्कता तह पार गर्यो, कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध
बागमतीको जलसतहले सतर्कता तह पार गर्यो, कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश ससाना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।
शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा
शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन्।केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन्।
पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान
पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ।
माओवादीको पदाधिकारी बैठक जारी, आजै प्रदेशस्तरीय परामर्श समितिको बैठक
माओवादीको पदाधिकारी बैठक जारी, आजै प्रदेशस्तरीय परामर्श समितिको बैठक साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको लागि प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरे अनुसार आज बागमती प्रदेशको बैठक बस्न लागेको हो।
‘ड्रागन फ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित
‘ड्रागन फ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी हुने गरेको बताए। एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गरेका हुन्। तीन वर्षदेखि उनी ड्रागनफ्रुट खेती गरिरहेका छन्।  
विश्वकै बढी उमेरकी महिलाको निधन
विश्वकै बढी उमेरकी महिलाको निधन विश्वकै बढी उमेरकी महिलाको मङ्गलबार निधन भएको छ। अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो। 
टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान
टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मङ्गलबार टी२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए। यो ओभरमा ३ नो बल पनि परेको थियो। योसँगै टी२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ।
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। 
Weather Update