News Griha :: न्यूजगृह
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते

हुम्ला—  जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१च ०९२२ नम्बरको जीप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो। 

चालकसहित सातजना सवार जीपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य छ। दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्लको अवस्था गम्भीर छ।

बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन्। जीप सडकबाट एक सय ५० मिटर तल खसेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:२६
Weather Update