News Griha :: न्यूजगृह
त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि
त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ। क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो। क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ। 
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर 
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर  प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ यस्तो व्यवस्था छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्दै आएका छन्।
सर्लाही र उदयपुरमा भारी वर्षा
सर्लाही र उदयपुरमा भारी वर्षा सर्लाही, उदयपुरलगायत क्षेत्रमा भारी वर्षा भएको छ।सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिनभर कहाँ–कहाँ वर्षाको सम्भावना?
आज दिनभर कहाँ–कहाँ वर्षाको सम्भावना? काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो।
एमसीसी कार्यान्वयनको एक वर्ष, यस्तो छ प्रगति विवरण
एमसीसी कार्यान्वयनको एक वर्ष, यस्तो छ प्रगति विवरण संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन(एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराएको छ।
डम्पिङ साइटमा भेटिएको शवको पहिचान खुल्यो
डम्पिङ साइटमा भेटिएको शवको पहिचान खुल्यो उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा बुधबार बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ। 
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पाटपूर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो।
प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौँ
प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौँ गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श बैठक आजदेखि सुरु भएको छ। माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक अघि सातै प्रदेशको परामर्श बैठक गर्ने भएको छ।
हुम्ला जीप दुर्घटना: गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
हुम्ला जीप दुर्घटना: गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो बुधबार बिहान हुम्लाको चंखेली गाउँपालिकामा जीप दुर्घटनाबाट गम्भीर घाइतेहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको हो। 
सहकारीको बचत हिनामिना प्रकरणः रवि लामिछानेले भदौ ७ गते बयान दिने 
सहकारीको बचत हिनामिना प्रकरणः रवि लामिछानेले भदौ ७ गते बयान दिने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन्।
झरी परिरहँदा नागढुंगा–नौबिसे सडकमा पहिरो पन्छाउन समस्या, यातायात ठप्प
झरी परिरहँदा नागढुंगा–नौबिसे सडकमा पहिरो पन्छाउन समस्या, यातायात ठप्प नागढुंगाबाट ७ सय मिटर तल नौबिसेखण्डतर्फ पहिरो खस्दा काठमाडौं भित्रिने र बहिरिने सवारिसाधन ठप्प भएको छ।लेदोसहितको पहिरो खस्दा सफा गर्न समस्या भएको छ। बिहान १० बजे पहिरो खसेको हो। पटकपटक पहिरो पन्छाए पनि पानी पर्ने क्रम नरोकिँदा समस्या भएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले बताए।
Weather Update