News Griha :: न्यूजगृह
मुलुकमा देखिएका समस्या डेढ महिनाअघि बनेको यो सरकारले लिएर आएको होइन : प्रधानमन्त्री ओली
मुलुकमा देखिएका समस्या डेढ महिनाअघि बनेको यो सरकारले लिएर आएको होइन : प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयनमा स्पष्ट र दृढ रहेको बताए। उनले जनतामा परिस्थिति भड्काउन खोज्नेहरूले निराशाका कुरा गरिरहेको हुनसक्ने आशङ्का व्यक्त गरे। राजनीतिक दलविरुद्ध वितृष्णा फैलाउने र अहिलेको व्यवस्था मन नपराउनेहरूले समाजमा निराशा फैलाइरहेको उनको भनाइ थियो।
एसएलसीको नक्कली प्रमाणपत्र पेस गरि जागिर खाएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
एसएलसीको नक्कली प्रमाणपत्र पेस गरि जागिर खाएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ।
जनता भड्काउने काम भइरहेको छ: प्रधानमन्त्री ओली
जनता भड्काउने काम भइरहेको छ: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको बताएका छन्।बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै जति नकारात्मक बोल्यो त्यति प्रचलित भइन्छ भन्नेले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको जिकिर उनको थियो।
कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस्!
कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस्! स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपाएमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधाआधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्।
हामीलाई गल्ती गर्ने छुट छैनः प्रधानमन्त्री
हामीलाई गल्ती गर्ने छुट छैनः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सरिक हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE] प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ। आज दिउँसो सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिइरहेका छन्।
नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार
नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.०१ अङ्कले उकालो लागेर २ हजार ९७४ दशमलव ४६ मा पुगेको छ।
त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग
त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले प्राज्ञिक थलोका रुपमा रहेको विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमणको धम्की आउनुले मुलुकको सुरक्षा व्यवस्थाप्रति नै प्रश्न उब्जाएको बताए। 
सुनको सिक्री लुटपाटमा संलग्न तीन जना पक्राउ
सुनको सिक्री लुटपाटमा संलग्न तीन जना पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। 
परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध अख्तियारमा उजुरी
परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध अख्तियारमा उजुरी परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।बिहीबार सफलले परराष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन्।
प्रधानमन्त्रीको कार्यक्षमतामा रास्वपा सांसद श्रेष्ठले उठाइन् प्रश्न
प्रधानमन्त्रीको कार्यक्षमतामा रास्वपा सांसद श्रेष्ठले उठाइन् प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठेको बताएकी छन्। 
भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरुलाई मान्य छैन: रवि लामिछाने
भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरुलाई मान्य छैन: रवि लामिछाने बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरुलाई मान्य नहुने बताएका हुन्।
Weather Update