मुस्ताङको थसाङमा हिमपहिरो, बोक्से खोला थुनियो [भिडिओसहित] शुक्रबार, भदौ ७, २०८१

भीरबाट खसेको ढुंगा लागेर मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो शुक्रबार, भदौ ७, २०८१ रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो। त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक शुक्रबार, भदौ ७, २०८१ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।
-1696254918.jpg)
नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर शुक्रबार, भदौ ७, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह शाहूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी जोशीसँग समितिले लियो बयान शुक्रबार, भदौ ७, २०८१ सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ। नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई शुक्रबार समितिले बोलाएर बयान लिएको हो।

मर्स्याङ्दी अपडेट: मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलतर्फ शुक्रबार, भदौ ७, २०८१ तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा नेपाली सेनाको मेडिकल टिमसहितको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको छ।नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार, एमआई १७ कलसाइनको हेलिकप्टर भर्खरै दुर्घटनास्थलतफर्फ प्रस्थान गरेको हो।

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार शुक्रबार, भदौ ७, २०८१ आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो। कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

टिकटकले भन्यो- प्रतिबन्ध खुलाउने नेपाल सरकारको निर्णयपछि हामी उत्साहित छौँ शुक्रबार, भदौ ७, २०८१ टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौँ,’ विज्ञप्तिमा...
![मर्स्याङ्दी बस दुर्घटना: १५ यात्रु अचेत [अपडेट]](https://newsgriha.com/uploads/posts/image-(8)-1724394525.jpg)
मर्स्याङ्दी बस दुर्घटना: १५ यात्रु अचेत [अपडेट] शुक्रबार, भदौ ७, २०८१ तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ।मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भुसालले १५ जना अचेत अवस्थामा रहेको जिल्लाबाट जानकारी आएको बताए।

४० यात्रु सवार बस मर्स्याङ्दीमा खस्यो शुक्रबार, भदौ ७, २०८१ पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा राष्ट्रसङ्घद्वारा स्वागत शुक्रबार, भदौ ७, २०८१ संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।
-1719492502.jpg)
रवि लामिछानेलाई मुकुलले भने– तपाईँलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु शुक्रबार, भदौ ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन्।

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न नेकपा एसको निर्देशन शुक्रबार, भदौ ७, २०८१ पार्टीका महासचिव घनश्याम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीसम्वद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिएका हुन्।


![मुस्ताङको थसाङमा हिमपहिरो, बोक्से खोला थुनियो [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/himppahiro_mustang-1724407223.jpg)






