शिखर धवनद्वारा क्रिकेटबाट सन्न्यास घोषणा शनिबार, भदौ ८, २०८१

रवि लामिछानेसँग शनिबार बिहान एक बजेसम्म बयान, ९ घण्टामा ५१ प्रश्न शनिबार, भदौ ८, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शनिबार बिहान १ बजेसम्म बयान लिएको छ।

कोरोनाभन्दा एमपक्स कसरी फरक छ? शनिबार, भदौ ८, २०८१ पछिल्लो दुई वर्षमा, एमप्क्स अफ्रिकाका १६ देशहरूमा फैलिएको छ। तर अफ्रिका सीडीसीले कुनै पनि सीमा बन्द गर्ने वा तालाबन्दी लगाउने बारेमा कुरा गरेन। अफ्रिका सीडीसीका महानिर्देशक डा. जीन कासियाका अनुसार मानिसको आवतजावतमा प्रतिबन्ध लगाउने वा सामानको आवतजावतमा रोक लगाउनु पर्ने आधारमा हाल कुनै प्रमाण छैन। एमपक्स सामान्यतया एक अपेक्षाकृत हल्का...
![आँबुखैरेनी बस दुर्घटनाः चितवनमा शव परीक्षण सुरु [अपडेट]](https://newsgriha.com/uploads/posts/image-(8)-1724394525.jpg)
आँबुखैरेनी बस दुर्घटनाः चितवनमा शव परीक्षण सुरु [अपडेट] शनिबार, भदौ ८, २०८१ आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु, हनुमाननगर र राजविराजमा प्रदर्शन शुक्रबार, भदौ ७, २०८१ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार आज तनाव ग्रस्त बन्यो।बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराइ प्रदर्शन गरेका छन्।

संसदीय समितिले रविलाई सोध्यो ५० बढी प्रश्न, दिए इन्कारी बयान शुक्रबार, भदौ ७, २०८१ संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचालनबारे पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ। समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग ५० भन्दा बढी प्रश्न गरेको थियो, सबैमा लामिछानेले इन्कारी बयान दिएका छन्।

आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते शुक्रबार, भदौ ७, २०८१ तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ।ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।

साफ यू–२० च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भुटान शुक्रबार, भदौ ७, २०८१ साफ यू–२० च्याम्पियनसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ।समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले पराजित गरेसँगै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोलीको टुङ्गो लागेको हो।
-1717758427.jpg)
रवि लामिछाने बयानका लागि संसदीय समितिमा शुक्रबार, भदौ ७, २०८१ सहकारीमा भएको समस्याको विषयलाई लिएर संसद्ले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो। समितिले पाएको तीन महिनाको समयावधि यही भदौ २३ गते सकिँदैछ।

सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प शुक्रबार, भदौ ७, २०८१ शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
![तनहुँ बस दुर्घटनाः ४ जना अझै बेपत्ता [अपडेट]](https://newsgriha.com/uploads/posts/tanahu_accident_1-1724403064.jpg)
तनहुँ बस दुर्घटनाः ४ जना अझै बेपत्ता [अपडेट] शुक्रबार, भदौ ७, २०८१ उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो।

पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटना शुक्रबार, भदौ ७, २०८१ कास्कीको पोखरा महानगरपालिका १७ घारीपाटन चोकमा शुक्रबार स्कुल बस दुर्घटना भएको छ।पोखरा–८ मा सञ्चालित न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेतिर दुर्घटना भएको हो।

मोदी र जेलेस्न्कीबीच भेटवार्ता शुक्रबार, भदौ ७, २०८१ युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। कीएभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।









