तनहुँमा पर्यटक बस दुर्घटना : बेपत्ता एकको खोजी जारी [अपडेट] शनिबार, भदौ ८, २०८१

माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेतृत्वलाई सुझाव शनिबार, भदौ ८, २०८१ पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

भरतपुरबाट सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव शनिबार, भदौ ८, २०८१ बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ।भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो। चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

सबै वामपन्थी र माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छः प्रचण्ड शनिबार, भदौ ८, २०८१ दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गरे। यसैगरी उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताए।

कैलालीमा सर्पले टोक्दा दुई जनाको मृत्यु, ४ घाइते शनिबार, भदौ ८, २०८१ कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ।

सुनकोशीमा गाडी खस्यो, तीन जना बेपत्ता शनिबार, भदौ ८, २०८१ मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन्।

देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ: ओली शनिबार, भदौ ८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्।युथ कन्क्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए।
-1724497917.jpg)
सुख्खा पहिरो खसेपछि पाल्पा–बुटवल खण्ड अवरुद्ध शनिबार, भदौ ८, २०८१ सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ।पाल्पाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले शनिबार दिउँसोबाट पाल्पा–बुटवल सडक अवरुद्ध भएको हो।

पोखरीमा डुबेर बालकको मृत्यु शनिबार, भदौ ८, २०८१ सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ।

लुकाकुलाई भित्र्याउँदै नापोली शनिबार, भदौ ८, २०८१ बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ। हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए।

केदारनाथ नजिकै पहिरोमा मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो शनिबार, भदौ ८, २०८१ भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ। शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ लगिएको हो।

बलिउड फिल्म स्त्री–२ ले कति कमायो? शनिबार, भदौ ८, २०८१ बलिउड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्मले रिलिजको पहिलो नवौँ दिन शुक्रबार १९ करोड ३० लाख कमाई गरेको छ।फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म ३२७ करोड ३० लाख कमाई गरिसकेको छ।

चितवन पुगेर रवि लामिछानेले भने–आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु शनिबार, भदौ ८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन्।भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताएका हुन्।


![तनहुँमा पर्यटक बस दुर्घटना : बेपत्ता एकको खोजी जारी [अपडेट]](https://newsgriha.com/uploads/posts/image-(8)-1724394525.jpg)






